हाम्रो बारेमा

नेपालको बर्तमान संविधान २०७२ को भाग ३ धारा ३५ मा स्वास्थ्य सम्बन्धि हकलाई मौलिक हकको रुपमा सुरक्षित गरेको छ | त्यस मौलिक हकलाई कार्यन्वयनका लागि संघ तथा प्रदेशमा स्वास्थ्य मन्त्रालय स्थापना गरीएको छ | तद अनुरुप  प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य  निर्देशनालयको मातहतमा रही  सम्बन्धित निकाय तथा तहहरु संग समन्वय तथा सहकार्य गर्दै स्वास्थ्यका  विभिन्न अल्पकालीन तथा दीर्घकालीन नीति तथा कार्यक्रमहरुको कार्यन्वयन र क्रियाकलापहरु संचालन गरि जनता लाई स्वास्थ्य सेवा प्रदान गर्ने प्रमुख उद्देश्य राखेर प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालयको स्थापना गरिएको हो |