जिल्ला जनस्वास्थ्य समन्वय समितिको समिक्षा बैठक/अन्तर्क्रिया सम्पन्न |

जिल्ला जनस्वास्थ्य समन्वय समितिको  समिक्षा बैठक/अन्तर्क्रिया सम्पन्न |

स्वास्थ्य कार्यालय दोलखाको आयोजनामा जिल्ला जनस्वास्थ्य समन्वय समितिको समीक्षा वैठक तथा अन्तर्क्रिया कार्यक्रम यहि चैत्र २४ गते सम्पन्न भयो | 

नेपालको संविधानले प्रत्याभूत गरेको नि:शुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यन्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्भसुलभ तुल्याई नागरिकको पहुँच स्थापित गर्नको लागी संघ, प्रदेश तथा स्थानीयतह बाट प्रदान गरिने विभिन्न स्वास्थ्य कार्यक्रमहरुलाई प्रभावकारी ढंगले संचालन गर्न तथा समन्वयलाई प्रभावकारी गराउने उदेश्यले जिल्ला जनस्वास्थ्य समन्वय समितिको बैठक/अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो।

यस कार्यक्रमका मुख्य उद्देश्य बुदागत रुपमा निम्नानुसार रहेका छन् | 

  • स्वास्थ्य कार्यालय तथा स्थानीय तह बाट प्रवाह हुने स्वास्थ्य कार्यक्रमहरुलाई प्रभावकारी ढंगले संचालन गर्न तथा समन्वयलाई प्रभावकारी गराउने |
  • विभिन्न स्वास्थ्य कार्यक्रम कार्यन्वयनमा आईपरेका समस्या पहिचान तथा समाधानका उपायहरु खोजी गर्ने।
  • अन्य जनस्वास्थ्य संग सम्बद्ध समसामयिक विषयमा आवश्यक सरसल्लाह/समन्वय/तयारी गर्ने |

यस कार्यक्रम स्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख श्री उत्तमराज खनाल ज्यू को अध्यक्षता मा संचालन गरिएको थियो | जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख, जिल्लामा रहेका विभिन्न संघ संस्था , जिल्ला स्थीत सरकारी तथा निजि अस्पताल , जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा जिल्ला समन्वय समितिका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको थियो |

 

 

डाउनलोड