MNH UPDATE सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न |

MNH UPDATE सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न |

स्वास्थ्य कार्यालय दोलखाको आयोजनामा स्वास्थ्यकर्मीहरुको लागि MNH update सम्बन्धि ३ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो | उक्त कार्यक्रम स्वास्थ्य कार्यालय दोलखाको आयोजनामा कार्यालयको सभाहलमा मिति २०७९/१२/२० देखि २०७९/१२/२२ गते सम्म संचालन गरिएको थियो | यस अभिमुखीकरण कार्यक्रममा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरु बाट जम्मा १३ जना स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो |

यस प्रकारका कार्यक्रमहरुले स्वास्थ्यकर्मीहरुको ज्ञान, सिप तथा क्षमताको अभिवृद्धि हुने र सेवा प्रवाह थप गुणस्तरिय हुदै जाने कुरा यस कार्यक्रमका कार्यक्रम फोकल व्यक्ति श्री पवन भाटले जनाउनु भएको छ |       

 उक्त कार्यक्रमको उद्घाटन तथा समापन समारोह यस कार्यालयका जनस्वास्थ्य अधिकृत श्री कुल प्रसाद खनालको अध्यक्षता सम्पन्न भएको थियो |

लेखक: राजन चालिसे, सूचना अधिकारी , स्वास्थ्य कार्यालय चरिकोट, दोलखा |